काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया