काठमाडौं । थ्री स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थ्री स्टार हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।
सेबोनको अनुमतिसँगै अब यो कम्पनीले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ । यो आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ बिक्री खुलाउनेछ । कम्पनीले यो आईपीओ स्थानीय र सर्वसाधारणलाई दुई चरणमा बिक्री गर्नेछ । थ्री स्टार हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।




















प्रतिक्रिया