Logo

अर्थ

सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ



काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ ।

शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले पीडितहरूले ‘जाली तमसुक खारेज गर’, ‘सुदखोरको सम्पत्ति छानबिन गर’, ‘किसानको भूमि खारेज गर’ लगायतका नारा लगाएका छन् ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार ५ बुँदे सहमति गरे पनि उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १६:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।