Logo

अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से २८.३१ अंकले घटेर १८३८.४८ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.२४ अंकले घटेर ३४८.७९ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँमा कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन् । आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २०१ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १५:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।