Logo

अर्थ

तोलामा ७ सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।

आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन  प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य स्थिर थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य  स्थिर रहँदै चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ११:३४   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।