Logo

प्रमुख समाचार

चारवटा श्रीमती, दुईवटा नागरिकता, दुई करोडका कुरा आउदापनि मान्छे भक्त भएर कुदिराखेका छन् : रेनु दाहाल



भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेमाथि चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त भएकर कुदिराखेको आरोप लगाएकी छिन् ।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै मेयर दाहालले रास्वपाका सभापति लामिछानेमाथि चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त भएकर कुदिराखेको आरोप लगाएकी हुन् ।

‘यसो हेर्छु, अचम्म लाग्छ…रवि लामिछानेको पछाडि मान्छेहरू यत्तिकै क्या…। त्यसमापनि महिला दिदीबहिनीहरू छन्। चार-चारवटा श्रीमती बिहे गरेको छ। दुई-दुईवटा नागरिकता छन् । अहिले त दुई करोडका कुरा पनि आइसके । सबै चिजमा छलाङ छ । उल्टो मति उल्टो गति…यस्तो खालको अवस्था हुँदाहुँदा सबै मान्छे एकदमै भक्त भएर कुदिराख्नुभएको छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ११:०१   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।