Logo

अर्थ

महासंघको पुनः निर्वाचन २ बजेबाट सुरु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको पुनः निर्वाचन २ बजेदेखि हुने भएको छ । महासंघले निर्वाचन हुने समय सार्वजनिक गरेको हो ।

यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ बाहिरिएका छन् ।

पहिलो चरणको मतदानमा अन्जानले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत पाए । महासंघका अनुसार निर्वाचन प्रज्ञा प्रतिष्ठानमै हुने छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १३:३२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।