काठमाडौं । किरात लिम्बुवा प्रदेश नामाङकन अभियानले प्रदेशमा बैंक तथा वित्तीय संथाहरुले आर्थिक क्षेत्रमा उत्पन्न मन्दीका वाबजुद सामन्ती र दलाल प्रवृत्तिको चर्को गैह्रन्यायिक ब्याजदर असुर गरिहेका आरोप लगाएको छ । बैंक तथा वित्तीय संस्थाले जनताको व्यक्तिगत सम्पत्ति बदनियपूर्ण तवरबाट लिलामी गर्ने, जफत गर्ने जस्ता अक्षम्य अपराधिक कार्य नगर्न/नगराउन, चेतावनी पनि अभियानले दिएको छ ।
अभियानका संयोजक प्रेमदिप थाम्सुहाङ लिम्बु ‘लाजेसा’द्वारा जारी विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरुको कीर्ते एवं डकैत शैलीको गहिरो निगरानी गरिरहेको उल्लेख छ । ‘किरात लिम्बुवा प्रदेशभित्र बसोबास गर्ने तमाम जनसमुदायको संविधानसम्मत बाँच्न पाउने अधिकार रहेको स्मरण गराउँदै आधारभूत आवश्यक्ताहरु सहित गाँस, बास र कपाससम्बन्धीका विषय हाम्रो सरोकारको विषय हुने प्रष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ वित्तीय संस्थाहरुले अपनाएको किर्तो एवम् डकैत शैलीको हरेक कार्यहरुप्रति यस अभियानको गहिरो निगरानी रहेको जानकारी गराउँदछौँ ।’
अहिले वित्तीय संस्थाहरुको चर्को ब्याजदरको कारणले व्यापक रुपमा पारिवारिक, सामाजिक र प्रशासनिक उल्झनहरु बढीरहेको पनि अभियानको ठहर छ ।
विज्ञप्ति हेर्नुहोस्ः–





















प्रतिक्रिया