Logo

अर्थ

तोलामा आठ सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन ७५० रुपैयाँले घटेर १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत चैत ३० गते छापावाला सुन १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो दिन छापावाला सुनको मूल्य स्थिर रहेको थियो । तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँ कायम भएको छ । गत चैत ३० गते पनि चाँदीको स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ११:४१   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।