काठमाडौं । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब देशभरिकै केबलकारको टिकट काट्न सकिने भएको छ ।
आइएमई पेले सुरुवातदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको केबलकार टिकेटिङ्अन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको टिकट काट्न सकिनेछ ।
आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ सुविधामार्फत ग्राहकले लाइन बस्ने झन्झट्बिना टिकट काट्न सक्ने सुविधा आइएमी पेले ल्याएको हो।



















प्रतिक्रिया