काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वैशाख ३ गतेदेखि ८ गतेसम्ममा जम्मा २०० रुपैयाँले महंगिएको हो ।
नेपाली नयाँ वर्षका कारण साताको पहिलो दिन सुनको कारोबार भएको थिएन र उक्त दिन शुक्रबार थियो । २ गते शनिबार भएकाले यो साता ६ दिन मात्रै सुनको मूल्यसूची कायम गरिएको महासंघले जनाएको छ ।
साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ थियो । जुन, साताको अन्तिम दिनसम्ममा आइपुग्दा तोलामा १ लाख १० हजार २०० पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ ।
यसैगरी, यो साता चाँदीको मूल्य समेत घटेको छ । आइतबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा ५ रुपैयाँ प्रतितोला घटेर १४ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया