Logo

जनप्रतिनिधि

कृषकलाई हलो उपहार



सिन्धुली । तीनपाटन गाउँपालिकाको वडा नम्बर ७ ले वडाबासीलाई फलामे हलो वितरण गरेको छ । बैशाख ८ गते शुक्रबार वडामा रहेका तीन सय कृषकलाई हलो वितरण गरेको तीनपाटन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष युवराज पहाडीले जानकारी दिए ।

तीनपाटन गाउँपालिका मध्येका सबैभन्दा कम उमेरका वडा अध्यक्ष समेत रहेका पहाडीले गोरु पाल्ने घर धुरीलाई फलामे हलो वितरण गरेको बताए । ‘वर्षभरिमा एक घर परिवारले तीनवडा काठको हलो काट्नुपर्ने हुन्छ’, वडा अध्यक्ष पहाडीले भने, ‘हामीले जङ्गल जोगाउन फलामे हलो वितरण गरेका हौं । जम्मा चार सय घर परिवार हाम्रो वडामा रहेको छ। ती मध्ये तीन सय घर परिवारले गोरु पाल्नुहुँदो रहेछ। हामीले डाटा संकलन गरेरै हलो वितरण गरेका हौं ।’

उक्त वडाले नजिकैको क्याम्पसमा स्नातक पढ्ने वडाभरका विद्यार्थीलाई छात्रवृत्ति पनि दिएको छ । ‘घरबाट पायक पर्ने क्याम्पसमा स्नातक तहमा पढ्ने विद्यार्थीलाई भर्नालगायतको क्याम्पसले लिने शुल्क वडाले तिरिदिएको छ’, वडा अध्यक्ष पहाडीले भने, ‘अहिले नजिकैको त्रिपुरेश्वर क्याम्पस पढ्ने वडा नम्बर ७ का विद्यार्थीले क्याम्पसलाई भर्नालगायतका शुल्क तिर्नुपदेैन । यो कार्यक्रम मेरो कार्यकालभर चल्छ ।’ वडाले एसइइ दिएर बसेका विद्यार्थीलाई पनि कम्प्युटर शिक्षा भोलि(आइतबार)बाट सिकाउने जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १९:४९   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।