काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितन २ उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आफूलाई मतदानस्थलमा जाने वातावरणसमेत नभएको गुनासो गरेका छन् । आइतबार भइरहेको उपनिर्वाचनका क्रममा चितवनको भरतपुर महानगर ११ स्थिति नयाँ किरण मावि मतदानस्थललगायतमा रास्वपा र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको थियो । विवादका क्रममा तनाव उत्पन्न हुँदा मतदान नै रोक्नुपर्ने अवस्थासमेत सृजना भयो ।
त्यसपछि सेसबुक लाइभमा आएर सभापति लामिछानेले लोकतत्न्त्रको सुन्दर अभ्यास गरिरहेको आफूहरुलाई लोकतन्त्र ल्यायौं भन्नेहरुले नै त्यसको नजरन्दाज गरेर हुलहुज्जत गरेको टिप्पणी गरे । ‘हामी लोकतन्त्रको अभ्यास गरिरहेको दल हामी हो’, उनले भने, तर यसको सुन्दर पक्ष मतदानका बेला यसरी हुलहुज्जत गरेर यसलाई नजरन्दाज गर्नुभयो भने यसको मूल्यांकन जनताले नै गर्नेछन् ।’
लामिछानेले आफूमाथि घेराबन्दी गरिएको बताएका छन् । ‘ममाथि भएको घेराबन्दी र षड्यन्त्रलाई जनताले हेहेका छन् ।’ लामिछानेले अन्य राजनीतिक दललाई आफ्नो कार्यकर्ता र प्रशासनलाई पनि संयम हुन आग्रह गरे । ‘प्रसशानलाई मेरो अनुरोध छ, चितवन २ मा अराजक घटना नहोस् । मैले प्रधानमन्त्रीको धायनाकर्षण पनि गराएको छ’, उनले भने, ‘अन्य दलका शीर्ष नेताहरुले आफ्नो कार्यकर्तालाई सम्हाल्नु होला । सबै संयमित होऔं ।’
लामिछानेले लोकतन्त्र लडेर ल्यायौं भन्ने दलहरुले संयमित भएर न्यूनतम जनताको मत पाउने ठाउँ राख्न पनि आग्रह गरे । ‘तपाईहरुलाई पछिका दिनमा जनताले न्यूनतम जनताले मतदान गर्ने ठाउँ कमसेकम राख्नुहोला’, उनले भने, निर्वाचन एउटा मात्रै होइन ।’
यसअघि पनि आफू निर्वाचन लडेको बताउँदै उनले त्यसबेला प्रतिस्पर्धीहरुबीच घोचपेच समेत नभएको बताए । ‘यसअघि पनि निर्वाचन लडेको मान्छे हुँ म । ठूला दलका नेताहरु कृष्णभक्त पोखरेल, उमेश श्रेष्ठहरुसँग चुनाव लड्दा उहाँहरुले कटाक्ष नगरी चुनाव लडियो । प्रतिस्पर्धीको नाम पनि उच्चारण गरिएन ।’
याे पनि…
चितवनमा रविका समर्थकहरुमाथि प्रहरीकाे लाठी, नयाँ किरण मावि मतदान स्थलमा तनाव
चितवनको नयाँ किरण मावि केन्द्रमा मतदान रोकियो
मतदाताको आँखामा आँखा जुधाएर हेर्दा पनि जित्छु भन्नेमा विश्वस्त छु : जितनारायण श्रेष्ठ




















प्रतिक्रिया