Logo

अर्थ

सेयर बजार राताम्य, एक अर्बकाे पनि भएन कारोबार



काठमाडाैं । साताको पहिलो दिन ९आइतबार० सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा बन्द भएको छ ।

यस्तै ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.०० अंकले बढेर ३५९.१३ बिन्दुमा पुगेको छ ।

२६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर किनबेच भएको छ । यसदिन ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ। आइतबार १२ वटा सूचक राताम्मे भएको छ भने १ सूचक को सेयर मूल्य घटेको छ ।

आज सनराइज ब्लूचिप कोष १० प्रतिशत, आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, कालिञ्चोक दर्शन ९.९९ प्रतिशत ले बढेको छ । आज २९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १५:५५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।