Logo

अर्थ

उद्योगमा विद्युत् कटौती अल्पकालीन हो, १५ दिनभित्रमा समस्या सल्टिन्छ : कार्यकारी निर्देशक घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या दुई हप्ताभित्रमा समाधान हुने स्पष्ट पारेको छ । विनाजानकारी उद्योगहरुमा विद्युत् कटौती गरिएको भन्दै उद्योगीहरु आन्दोलित भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरुसँगको भेटमा यो समस्या अल्पकालीन भएको र १०÷१५ दिन भित्रमा समाधान हुने बताए ।

यस वर्ष हिउँ÷पानी नपरेर सुख्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको विद्युत उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको कार्यकारी निर्देशक घिसिङले बताए । धनुषाको ढल्केबर सबस्टेसनबाट थप विद्युत पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको र सप्तरीको रुपनी सबस्टेसनको ब्रेकर चुँडिएकोका कारण उद्योगमा विद्यत आपूर्ति प्रभावित बन्न पुगेको उनले स्पष्ट पारे ।

कटैया–कुशहवा १३२ केभी प्रसारणलाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समेत समस्या भएको कार्यकारी निर्देशक घिसिङले दाबी गरे ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १७:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।