काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया