काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ ।
सो सवारी साधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निशुल्क यात्राको लागि प्रयोग हुनेछ ।
आउँदो बुद्वजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको सुविधालाई ध्यानमा राख्दै सो विद्युतीय सवारीहरु प्रदान गरिएको हो ।
आज लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच सो विद्युतीय सवारीहरु लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्य पुत्तलाई हस्तान्तरण गरे ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरु तथा लक्ष्मी केयर्सका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
लक्ष्मी केयर्सले गत २०७९ चैत्र १८ गते काठमाडौंमाआयोजना गरेको अरेन्जभाइब्स, २०२३ सागिंतिककार्यक्रममा संकलित रकमबाट उपरोक्तविद्युतीय सवारीहरु सहयोग प्रदान गरेको हो ।
लक्ष्मी बैंकले विभिन्न सामाजिक कार्यमा सदुपयोग गर्नका लागि रकम संकलनगर्ने उद्देश्यले विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया