काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया