Logo

अर्थ

घट्याे सुनकाे मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य  घटेको छ ।

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ११ : ५५ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।