Logo

अर्थ

नेप्सेमा सामान्य अंकको गिरावट, ६९ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा झरेकाे छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले घटेर ३५७.०२ बिन्दुमा झरेकाे छ ।

यसदिन २७१ कम्पनीको ३३ लाख २३ हजार ६२५ भन्दा बढी कित्ता सेयर किनबेच भएको छ । आज ६९ करोड २२ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ६८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १४४ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । कुल ६ वटा उपसमूहको सेयर मूल्यमा राताम्मे भएको छ भने ७ उपसमूहको सेयरको मूल्य बढेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १५:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।