Logo

अर्थ

एकैदिनमा १८ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन १ हजार ८०० रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ । प्रतितोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १२:०५   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।