Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । हिजो (बुधबार) तोलाको १ लाख १० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सयले बढेर प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चैत महिनामा प्रतितोला १ लाख ११ हजारमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै आज अझै बढेर प्रतितोला १ लाख ११ हजार ८ सय पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १२:००   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।