Logo

अर्थ

कर नबुझाउने ५५ कम्पनीलाई १५ दिनभित्र कर तिर्न निर्देशन



काठमाडौं । आन्तरिक राजस्व कार्यालय चावहिलले समयमा कर नबुझाउने र अटेर गर्ने ५५ कम्पनीलाई १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ ।

कार्यालयले काठमाडौं महानगरपालिका वडा नं ३,६ ७, १०,९, ११, १२, १३, २८मा दर्ता भएका कम्पनीलाई कर तिर्न पटक पटक आग्रह गर्दा पनि मूल्य अभिवृद्धि र आयकर बुझाउन नमानेको भन्दै १५ दिनभित्र कर तिर्न वा तिरेको भए प्रमाण पेश गर्न भनेको हो ।

कार्यालयले बिहीवार एक सूचना जारी गर्दै ती कम्पनीहरुलाई पटकपटक फोन सम्पर्क, पत्राचार तथा संकलन भ्रमण गरी बक्यौता रकम दाखिला गर्न अनुरोध गरिएकामा हालसम्म रकम दाखिला भएको प्रमाण पेश नभएको र कार्यालयबाट संकलन भ्रमण गर्ने शिलशिलामा केही करदाताहरु पत्ता नलागेको भनि पत्र फिर्ता आएको र हालसम्म कार्यालयमा सम्पर्कमा नआएको हुँदा सूचना प्रकाशन गरिएको उल्लेख गरेको छ ।

कम्पनीहरुलाई १५ दिन भित्र बक्यौता कर रकम दाखिला नगरे आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ संशोधन सहित को दफा १सय४ देखि १सय ११ सम्मको र मू.अ.कर बक्यौताको हकमा मू.अ.कर ऐन, २०५२(संशोधन सहित) को दफा २१ (१) मा उल्लेखित कुनै वा सबै प्रकारको प्रकृया अवलम्बन गरी बक्यौता कर रकम असुल उपर गर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार  ४ : २७ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।