काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
विश्व बजारमा आर्थिक मन्दीका कारण मागमा असर गर्दा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो। केही समयअघि विश्वका सबैभन्दा धेरै तेल उत्पादन गर्ने देशहरुको ग्रुप ओपेक प्लसले दैनिक १५ लाख प्रति ब्यारल उत्पादन कटौती गर्ने निर्णय गरेपछि मूल्य आकासिएको थियो। तर पछिल्लो समय देखिएको आर्थिक मन्दीपछि मागमा कमी आएसँगै तेलको भाउमा प्रति ब्यारल १६ डलरसम्मले मूल्यमा गिरावट आएको छ ।
ब्रेन्ट क्रुडको मूल्य अप्रिलमा प्रति ब्यारल ८७दशमलव ३३ डलरबाट मे ३ सम्म आइपुग्दा ७२दशमलव५४ डलरमा घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि भारतबाट हरेक १५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार पछिल्लो समय सबै इन्धनको मूल्य घटेर आएको छ । यस हिसावले आगामी दिनमा नेपालमा इन्धनको मूल्य घट्दै जाने देखिएको छ ।
प्रतिक्रिया