Logo

विचार / ब्लग

सरकार आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन खोज्न मिल्छ ? यसकारण मुलुकमा सरकार नै छैन ?



सरकार आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन खोज्ने हो ? खोज्न मिल्छ ? यसकारण मुलुकमा सरकार नै छैन । मुलुक सरकार विहीन भएको छ । जनताहरुको गुनासो सुन्न नेपालमा सरकार नै छैन  ? सरकार भएपनि सरकारको कान छैन कसरी सुन्नु ? यसकारण भन्न बेकार छ । अब मुलुकमा तेस्रो शक्ति छ भने तत्काल उदयको आवश्यकता छ । राजनीतिक दलहरूका नेताहरूले राज्यकोषबाट ढुकुटी दुरुपयोग र भ्रष्टाचार गरी कमाएको अवैध सम्पत्ति राष्ट्रियकरण गर्न सक्ने आँट, हिम्मत र साहस भएको वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग जस्ता शासकहरु तत्काल  चाहिएको छ । म त भन्छु आँट, हिम्मत र साहस भएकाले आज राती नै `कु´ गर्नुपर्छ । मुलुकमा अराजकता र अन्याय अति भो अति भो । अब पर्खनु हुंदैन विलम्ब भयो ।

नेपाल सरकारले के नै गरेको छ ? कोरोना भाइरस संक्रमणको महामारीमा राहतकोषमा जम्मा भएको रकम विभिन्न दातृ संघ संस्थाहरु, बैंक  र बाहिरी मुलुकहरू बाट प्राप्त भएको हो । यसकारण कोरोना कोष खारेज गरिनुपर्छ ।

बाहिरी मुलुकका सरकारहरुले कोरोना भाइरस संक्रमणको महामारीमा आपनो नागरिकहरुको लागी अनेकौं राहतका प्याकेजहरु ल्याएका छन । हाम्रो मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीमा सरकारले के नै गरेको छ ?

कोभिडको महामारीमा सरकारले नागरिकको उपचार गर्दिन भन्नु लज्जास्पद कुरा हो । हाम्रो मुलुक बाहेक कुन चाहिं मुलुक ले कोभिडको महामारीमा नागरिकहरुको उपचार र हेरचाह गर्दिन भनेको छ ? यी सबै कुराहरू मुल्यांकन गरेको खोइ ? मुलुकमा नागरिकहरु भएको भए के सही के गलत भन्ने कुराको मुल्यांकन हुन्थ्यो तर मुलुकमा राजनीतिक दलहरूका कार्यकर्ताहरु छन ।

नागरिकहरुको उपचार गर्दिन भन्ने मुलुक कुन छ ? कोभिडको महामारीमा सांसदहरू र नेताहरूले दशैं खर्च बापत भत्ता लिने ? मन्त्रीहरु, सांसदहरू र नेताहरूले दशैं खर्च बापत भत्ता लिदैंनौ भनेर भन्न नसक्ने ? सबैबाट विरोध आएपछि सेलिब्रेटी र चर्चामा आउन एकपछि अर्कोले मैले दशैं खर्च अर्थात भत्ता छोडे भन्ने नैतिकता नभएकाहरु ? नागरिकहरुको कर, भ्याट र राजस्वहरु बाट पालिएका छौं भन्ने ज्ञान छैन उल्टै नागरिकहरुको उपचार गर्दैनौं भन्ने वाह रे वाह ? हामीले पनि कर, भ्याट र राजस्वहरु तिर्दैनौं भने के हुन्छ ? अब के का लागि कर, भ्याट र राजस्व तिर्ने ?

हाम्रो मुलुकको कतिपय ठाउँहरुमा दिनदिनै ज्यालादारी गरी छाक टार्ने मजदुर हरुले राहत पाउनका लागी चाकरी गर्नुपर्ने अवस्था आएको थियो ।

कोरोना भाइरस संक्रमणको महामारीमा बाहिरी मुलुकहरूले आफ्नो नागरिकहरुलाई उडान मार्फत लगेको अवस्था छ । हाम्रो मुलुकमा शायद सरकार नभएकोले होला बाहिरी मुलुकमा रहेका नेपाली नागरिकहरु र मुलुक भित्र रहेका बिचल्लीमा परेका नागरिकहरुको उद्दार गर्न सकिरहेका थिएन । नेपाली नागरिकहरुको अवस्था बिजोग थियो ।

बाघको छालामा स्यालको रजाइँ जस्तो हतार हतार कोरोना भाइरसको महामारीमा सुकुम्बासी आयोगको अध्यक्ष र सदस्य पदहरुको गठन गर्नुपर्ने आवश्यक थियो र ?

हाम्रो मुलुकमा विगतमा पनि संघीयताको आवश्यकता थिएन र वर्तमान अवस्थामा पनि संघीयताको आवश्यकता छैन । आफ्नो कार्यकर्ताहरु पाल्नको लागी मात्र संघीयता हो । उपमहानगरपालिका र नगरपालिकाले उठाएको करहरु मध्ये केही प्रतिशत रकम प्रदेश सरकारलाई तिर्नुपर्ने हुन्छ । उपमहानगरपालिका र नगरपालिकाको खर्चले प्रदेश सरकार चलेकोले प्रदेश सरकारहरुको आवश्यकता बिल्कुल देखिदैन । कोरोना भाइरसको महामारी पश्चात हाम्रो मुलुकले आर्थिक अवस्था थेग्न सक्दैन यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता पनि छैन ।

अब मुलुकको प्रगति, विकास र मुलुकको हित गर्न नेपालमा वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग जस्ता शासकहरु तेस्रो शक्तिको आवश्यकता छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार