काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गहृमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई के गर्ने भन्नेबारे छलफल भएको छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नाम लिएपछि आज (बुधबार) निवासबाटै पक्राउ परेका खाणलाई पार्टीबाट निलम्बन गर्ने/नगर्ने बिषयमा शीर्ष नेताहरुबीच छलफल भएको हो ।
बुधबार खाण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए । खाणलाई अनुसन्धानका लागि हिरासतमा लिइएपछि निलम्बन निलम्बन गर्ने कि नगर्ने भन्ने विषय छलफल भएपनि सहमति नजुटेपछि पुनः बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको छ ।
स्राेतका अनुसार बुधबारकाे बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । अब बिहीबारकाे बैठकले यसबारे अन्तिम निर्णय गर्ने बताइएकाे छ ।
- याे पनि…
पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति




















प्रतिक्रिया