सिन्धुली । तीनपाटन गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने थाक्ले भन्ने ठाउँमा आइतबार एकजनालाई छुरा प्रहार भएको छ।
थाक्ले डाँडामा तीनपाटन गाउँपालिका वडा नम्बर ५ डुम्रेबेसी बस्ने अन्दाजी ३० वर्षको लोकबहादुर सार्कीलाई छुरा प्रहार भएको स्थानीय मझुवामा रहेको प्रहरी चौकीका असई मुक्ति चौधरीले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा चारजनालाई पक्राउ गरेको जनाएको छ । लोकबहादुर सार्कीलाई स्थानीय लाम्पन्टार स्वास्थ्य कार्यालयमा उपचार गराई घर पठाइएको असई चौधरीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घटना के कारणले भएको हो भन्ने खुलेको छैन । घाइते सार्कीकाे अवस्था सामाद्दय रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया