सिन्धुली । तीनपाटन गाउँपालिको वडा नम्बर ४ र ५ को सीमानामा पने थाक्लेको जंगलमा एकजनालाई चक्कू प्रहार गर्ने चारजनाविरुद्द प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
गएको बैशाख ३१ गते बिहान ८ बजेको समयमा तीनपाटन गाउँपालिका वडा नम्बर ५ का लोकबहादुर सार्कीलाई चक्कू प्रहार गर्ने चार जनालाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना अझै फरार रहेका छन् । प्रहरीले तीनपाटन गाउँपालिका वडा नम्बर ७ बस्ने विशाल भनिने जीवन श्रेष्ठ, खड्गबहादुर श्रेष्ठ, घ्याङ्लेख गाउँपालिका वडा नम्बर ३ बस्ने रोशन कामी र सुरेन्द्र कामीलाई घटना भएकै दिन पक्राउ गरी कारबाही अगाडी बढाएको हो ।
तीनपाटन गाउँपालिका वडा नम्बर ७ बस्ने बिदुर लामिछाने भने फररा रहेको प्रहरीले जनाएको छ । चकमके जाँदै गर्दा घटना भएको पैहरीले जनाएको छ । एक चम्किलो ढुंगा मूल्यवान बस्तु भेटिएको आशंकामा ढुंगा कब्जा गर्ने विषयमा विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरुले सार्कीको साथबाट नगद तीन हजार र एउटा सामसङ फोन पनि लुटेर लगेको उजुरी पीडितले प्रहरीलाई दिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया