Logo

बागमती प्रदेश

जुकाको औषधि खाँदा विद्यार्थी बिरामी



सिन्धुली । तीनपाटन गाउँपालिकाको आम्बेटे माध्यामिक विद्यालयमका जुकाको औषधि खाएका विद्यार्थीहरु बिरामी भएका छन् ।

विद्यालयको पोषण कार्यक्रमअन्तर्गत आम्बोटे माध्यामिक विद्यालयमा जुकाको औधषि खाएका विद्यार्थीहरु बिरामी भएपछि केही विद्यार्थीलाई विद्यालयमै लाम्पन्टार स्वास्थ्य कार्यालयको टोली पुगेर उपचार गरेको थियो । उपचारपछि विद्यार्थीहरु निको भएको तीनपाटन गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेब रामबेचन शाहले जानकारी दिए । गएको जेठ १ गते विद्यार्थीहरुलाई जुकाको औषधि खुवाएपछि विद्यार्थीहरु बिरामी भएका थिए ।

बिद्यार्थीलाई मानसिक रुपमा समस्या आएका कारण बिरामी परेको स्वास्थ्य शाखा लाम्पन्टारबाट खटिएको टोलीले जानकारी ल्याएको अहेब शाहले बताए । जुकाको औषधि खाने विद्यार्थीमध्ये कक्षा १० मा पढ्ने रोशन बख्रेलले मानसिक औषधि पनि खाइरहेका कारण पहिला उनै बिरामी भएको र अन्य विद्यार्थी पनि उनी बिरामी भएको देखेर बिरामी परेको शाहले बताए । मानसिक रुपमा कमजोर भएका कारण यस्तो समस्या आएको हुनसक्ने शाहलगायतको टोलीको निष्कर्ष छ ।

बख्रेललाई काठमाडौं ल्याएर उपचार गर्दा पनि औषधि खाँदा मानसिक रुपमा कमजोर अनुभव गरेका कारण समस्या आएको हुनसक्ने डाक्टरहरुले बताएको बख्रेलका मामा झलक खड्काले जानकारी दिए । तीनपाटन गाउँपालिकाको अन्य क्षेत्रमा भने यस्तो समस्या नआएको स्वास्थ्य शाखाका प्रमुख शाहले बताए । केही विद्यार्थीहरु औषधि खाएपछि छटाएको, कामेको र केहीले पेट दुखेको बताएका थिए ।

दुई जना विद्यार्थीलाई लाम्पन्टार स्वास्थ्य कार्यालयमा हिजो (मंगलबार) उपचार गरेर घर पठाइएको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिए । हिजाे (मंगलबार) पनि औषधि नखाएका केही विद्यार्थीमा बिरामी हुने लक्षण देखिएको र बुधबार (आज) मनोपरामर्शलाई विद्यालयमा पठाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०८० बुधबार  २ : ५१ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।