काठमाडौं । राजनीतिक रुपमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा नेतृत्वमाथि भएको पारिवारिक हस्तक्षेप नौलो कुरा होइन । कार्यकारी पदमा रहेका समयमा तिनका चाहे श्रीमती होस् या छोरी या अन्य हुन्, नीतिगत निर्णयमा हस्तक्षेप गर्ने गरेका उदाहरणहरु प्रशस्तै छन् । स्व.गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा छोरी सुजाता कोइरालाले अधिकांश मन्त्रीलाई निर्देशन दिने र विभिन्न निकायमा नियुक्त गर्दा हस्तक्षेप गर्ने गर्थिन् । त्यसैगरी शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा पनि श्रीमती आरजु राणा देउवाले नियुक्तिदेखि सरुवा, बढुवामा समेत आफ्नो तजबिजी चलाउने गरेको निकै सुनिन्थ्यो ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अधिकांश निर्णयहरु तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने गर्थिन् । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनकी छोरी र ज्वाइँले परिचालन गर्ने गरेका छन् । राजनीतिक रुपमा देखिएको यो व्यक्तिवाद, श्रीमती मोह तथा परिवार मोहको अवस्था बैंक वित्तीय संस्थाहरुमा पनि भित्रिएको छ । त्यसको एक ज्वलन्त उदाहरण हुन् प्रभु बैंककी अधिकृत तहकी कर्मचारी सीओओ(चिफ अपरेटिभ अफिसर) रश्मी पन्त । उनी पोजिसनका हिसाबबाट तल्लो तहकी कर्मचारी हुन् । सिइओ अशोक शेरचनसंगको निकटतम सम्बन्धका आडमा पन्तले तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीमाथि समेत हैकम चलाउने र सिङ्गॊ बैंकभित्रै मनपरी गर्न थालेपछि तल्लो तहको कर्मचारीलाई अत्याधिक अधिकार दिएर बैंकका सिइओ अशोक शेरचनले पदको दुरुपयोग गरेको र सस्थाको गरिमा माथिनै आच आउने काम गरेको भन्दै यसअघि सञ्चालक समितिले समेत हस्तक्षेप गरेको थियो ।
पन्तलाई बैंकको केन्द्रीय कार्यालयमा रहँदा सिइओसँगको निकट सम्बन्ध रहेको थाहा भएपछि सञ्चालक समितिले पुतली सडकको शाखामा सार्न निर्देशन दिएको थियो । सोही अनुरुप पन्तलाई केन्द्रीय कार्यालयबाट हटाएर उक्त शाखामा पुर्याईयो । तर पन्तलाई पूनः आफुसँगै राख्ने चाहना पुरा गर्न शेरचनले यतिसम्म गरेकि उनले सञ्चालक समितिनै परिवर्तन गर्न भ्याए र ३ महिनाकै अवधिमा सिइओ शेरचनले पन्तलाई केन्द्रीय कार्यालयमै ताने । त्यसपछि त पन्त शेरचनकै आडमा झनै पावरफुल बनिन् । कर्मचारीहरु एक बैंकबाट अर्को बैंकमा जाने काम गर्ने, सरुवा, बढुवा, पदोन्नती ,स्तरउन्नती उनीहरुको करियरको खुड्किलो हुन्छ तर पन्तको हकमा भने यस्तो भएको देखिदैन। त्यसो त छोटो समयमै पावरफुल बनेकी उनले अन्य बैंक तथा वित्तिय सस्थामा गएर काम गर्ने,आफ्नो योग्यता क्षमता र दक्षता देखाउने दखल भने राखेको देखिदैन । विवादैविवाद र चौतर्फी आलोचनाका बीच प्रभु बैंकमै बसिरहनु उनको रहर हो या बाध्यता उनी आफै जानुन्।
पन्तका अघि डेपुटी सीइओहरुनै निरिह
प्रभु बैंकमा हाल दुईजना डेपुटी सीइओहरु छन् । बैंकका सीइओ शेरचनपछिको दोस्रो बरियतामा रहेका डेपुटी सीइओ हुन् मनोज न्यौपाने । तेस्रो बरियातामा छन् अर्का डेपुटी सीइओ मणिराम पोखरेल तर दुवैलाई बैंकको निर्णय गर्ने कुनै पनि कार्यकारी अधिकार छैन । यी दुई सीइओले समेत रश्मी पन्तलाई नै ब्रिफिङ गराएर मात्र निर्णय लिनुपर्ने हुन्छ । हाल बैंकबाट हुने सम्पूर्ण खर्चको जिम्मेवारीसहित प्रशासनिक कार्यको नेतृत्व उनै पन्तले गर्दै आएकी छन् । जसअन्तर्गत स्टेसनरी खरिद, विज्ञापन एजेन्सी सञ्चालन, कर्मचारी सरुवा बढुवामा समेत उनको ठाडो आदेश चल्छ । पन्तले छपाई, मसलन्द, स्टेशनरी र विज्ञापन प्रशारणका लागि निकट व्यक्तिको नाममा आफ्नै कम्पनी संचालन गरी व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । चिफ अपरेटिभ अफिसरका रुपमा कार्यरत रहेपनि डेपुटी सिइओको हैसियतमा उनले सम्पूर्ण कार्यहरु गर्ने गरेकी छिन् । पन्तकैे निर्देशनमा डेपुटी सिइओहरुले समेत निरिह भएर काम गर्नुपर्दछ ।
पन्तको निर्देशन नमान्दा यसअघिका डेपुटी सिइओहरु र कर्मचारीहरु निकालिएका छन् ।मुख्यतया डेपुटी सिइओ तहका कर्मचारीहरुले बैंकमा कार्यरत आफूभन्दा जुनीयर कर्मचारी पन्तको अण्डरमा रहेर काम गर्नुपर्ने अवस्थाका कारण बैंकबाट अपहेलित भएको महसुस गरेका छन् । प्रभु बैंक विभिन्न बैंकहरुसँग ७ वर्ष अगाडि मर्ज भएपश्चात डेपुटी सिइओको रुपमा आएका झण्डै आधा दर्जन कर्मचारीले यो समस्या भोगिसकेका छन् । जो अहिले बैंकमा छैनन् । विगतमा यो समस्याबाट गुज्रिएका तारा मानन्धरले प्रभु बैंकको डेपुटी सिइओबाट राजीनामा दिएर मुक्तिनाथ विकास बैंकमा डेपुटी सिइओकै पोजीशनमा गएका थिए । हालै मात्र अर्का डिजिएम दिनेश थकालीले पनि प्रभु बैंक छाडेका छन् । हाल डेपुटी सिइओमा कार्यरत मणिराम पोखरेल जिम्मेवारी बिहीन अवस्थामा छन् ।बैंक भित्र तेस्रो पोजिसनमा रहेर पनि उनी बिना विभागीय जस्ता निरिह बनेको बैंकभित्रकै कर्मचारीहरु बताउँछन् । किनकि बैंकभित्र उनको केही चल्दैन, चल्छ त केवल रश्मी पन्तको ।
जेहेन्दार कर्मचारी भन्छन् – मनोबल गिरेको छ
प्रभुु बैंकमा केही समयदेखि व्यवस्थापन कमजोर बन्दै गइरहेको बैंकभित्रै कार्यरत कर्मचारीहरु गुनासो गर्छन् । एक महिनाअघि बैंकले गरेको हजार जना जती कर्मचारीको बढुवा प्रकृयामा सिईओ अशोक शेरचनले आफू निकट, आफूलाई मन परेका, नातागोताका मान्छे तथा राजनीतिक पावरका कर्मचारीहरुको नियमविपरित बढुवा गरेपछि बैंकभित्रै चर्को विरोध भएको थियो । कर्मचारीको बढुवा यसरी गरिएको थियो कि सीइओका नजिकका र मन पराइएका जागिरमा भर्ना भएको वर्ष दिन पनि नपुगेकाहरु बढुवामा परेका थिए भने सीइओका नजरमा नपरेकाहरु आठ वर्षदेखि काम गरेकाहरु पनि बढुवामा पारिएनन् । असन्तुष्ट कर्मचारीहरुले यो चाल पाएर सशक्त विरोध जनाएपछि बढुवा प्रकृया स्थगित गरियो । अहिले पनि बैंक भित्र भइरहेको पक्षपातपूर्ण व्यवहारले बैंकमा कार्यरत जेहेन्दार कर्मचारीहरु निराश छन् । ‘राति रातिसम्म बैंकमा बसेर काम गर्न पर्छ, तर कामको मूल्यांकन हुँदैन,’ एक कर्मचारीले अनलाइनपानासँग गुनासो गरे ।
प्रभु बैंक छिरेको ७ वर्षमै पन्त चिफ अपरेटिभ अफिसर (सीओओ)
प्रभु बैंक लिमिटेडकी सिनियर म्यानेजरमा कार्यरत रश्मी पन्त हालै चिफ अपरेटिङ अफिसर(सीओओ)मा पन्त बढुवा भएकी छन् । सन् २०१५ मा विजेनश प्लानिंग अफिसरका रुपमा सेवा प्रवेश गरेकी पन्त यति छोटो अवधिमै पटकपटक पदोन्नती भएर माथिल्लो तहमा पुग्नुुलाई प्रभु बैंक र बैंकसँग सम्वन्ध राख्नेहरुले अस्वाभाविक रुपमा लिने गरेका छन् । त्यसो त उनी बैंकिङ करियरमै छिटो र छोटो समयमा पदोन्नती हुने कर्मचारीभित्र पर्छिन् । यीनै अस्वाभाविक नियमविपरितका गतिविधीका कारण सीइओ शेरचन र रश्मी पन्तको सम्वन्धलाई लिएर धेरैले शंकाउपशंका बर्ने गरेका छन् ।यद्यपि दुवैले यस विषयलाई भने नकार्दै आइरहेका छन् । पन्त बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि इसिमोडमा कार्यरत थिईन् । प्रभु बैंकमा प्रवेश गरेपछि कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिंग अफिसर हुँदै अहिले चिफ अपरेटिभ अफिसर (सीओओ)सँगै सूचना अधिकारीसम्मको जिम्मेवारी उन पन्तलाई लगाइएको छ ।
राष्ट्र बैंकमा पनि परेको थियो उजुरी
रश्मी पन्त र बैंकका सीइओ शेरचनका विरुद्ध २०७८।०६।१२ गते बैंकका कर्मचारीहरुले नियामक निकाय नेपाल राष्ट्र बैंकमा बैंकमा भएको गैरकानूनी कार्यहरुको अबिलम्व छानबिन गरी कारबाही गरिपाउँ भनी उजुरी परेको थियो ।तर शेरचनको प्रभावमा परेको राष्ट्र बैंकका कर्मचारीले शेरचन र पन्तविरुद्ध हालसम्म पनि कुनै अनुसन्धाननै अघि बढाएका छैनन् । उनका गलत क्रियाकलापका विषयमा पटकपटक गुनासो र उजुरीनै पर्दा समेत मुकदर्शक बनेर राष्ट्र बैंक कर्मचारीहरुले उल्टो प्रोत्साहित गरिरहका छन् । उजुरीका सम्वन्धमा सञ्चालक समितिसँग जवाफ माग्नुपर्नेमा उल्टै स्वार्थ बाझिनेगरी उनैसँग स्पष्टिकरण सोधियो र विषयलाई सामसुम पार्ने काम गरियो । राष्ट्र बैंकबाट बैंक सुपरिवेक्षणमा जाँदा समेत यी कुराहरुलाई औंल्याइएको देखिँदैन । राष्ट्र बैंकमा परेको उक्त उजुरीमा दुई वीचको सम्वन्धले संस्थामा गम्भीर असर परेका र काम गर्न कठिनाई भएको व्यहोरा उल्लेख गरिएको छ ।
- याे पनि…
- किन सेलायो वित्तीय अपराधमा मुछिएका अशोक शेरचनविरुद्ध सीआईबीमा पुगेको मुद्दा ?
- प्रभु बैंकमा शेरचनको मनोमानी, ससुराकै नाममा अर्बौ ऋण प्रबाह, राष्ट्रबैक मुकदर्शक
-



















प्रतिक्रिया