Logo

स्वास्थ्य

२४ घण्टामा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि



देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १५५२ काठमाडौं उपत्यकका छन्, जसमा काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । 

उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  ४ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।