Logo

अनलाइनपाना खोज

अनलाइनपाना समाचार प्रभाव–सरकारी जग्गा हडपेका एनआइसी बैंकका सीइओले भत्काए घर, छाडे एक रोपनी जग्गा



काठमाडौं । सरकारी जग्गा हडपेर आलिसान महल ठड्याएका एनआइसी एशिया बैंकका सीइओ रोशन न्यौपानेले अन्ततः सरकारी जग्गामा बनाएका घर भत्काएका छन् । न्यौपानेले बूढानिलकण्ठ नगरपालिका वडा नं २ को सरकारी जग्गा हडपेर आलिशान घर र शानदार बगैंचा बनाएको विषयमा अनलाइनपानाले यसअघि निरन्तर समाचार सम्प्रेषण गर्दै आएकाे थियाे । न्यौपानेले यो समेत गरी हालसम्म घर र कम्पाउण्डमा पर्ने करिब १ रोपनी सरकारी जग्गा छाडिसकेका छन् ।

बूढानिलकण्ठ नगरपालिका वडा नं २का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार आइतवार पनि न्यौपानेले घर धमाधम भत्काइरहेका छन् । उनी भन्छन्–‘अझ हामी थप उनको घरभित्र पर्ने लगभग ३ आना जती जग्गा छुटाउन लागिरहेका छौं, धन्यवाद तपाईहरुको समाचारले हामीलाई अतिक्रमित जग्गा फिर्ता ल्याउन सहज भयो।’

  • याे पनि..

एनआईसी एशियाका सीईओ न्यौपानले सरकारी जग्गामा ठड्याएका बंगला प्रकरण : को के भन्छन् ?

पद र पहुँचमा रहेका सीइओ न्यौपानेको प्रभावमा मालपोत कार्यालय र नापी कार्यालय समेत परेको थियो ।हामीले पटकपटक ति कार्यालयहरुसँग पछिल्लो नापीको कागज माग गर्दा दिननमिल्ने बताइरहेका थिए ।सीइओ न्यौपानेले बूढानिलकण्ठ नगरपालिकामा पर्ने साबिकको भंगालपञ्जिटोलमा पर्ने सरकारी कित्ता नंम्वर ७१ बाट करिव १ रोपनी जग्गा कब्जा गरेर निजी बनाएको तथ्य हामीले प्राप्त गरेका थियौं । हामीले प्राप्त गरेको पुरानो नक्शा साबिकको चपली गाविस वडा नं ‘ख’ अनुसार ७१ नम्वरको सरकारी जग्गा कित्ताकाट गरेर हालको कित्ता नम्वर १५ बनाएको प्रष्ट देखिन्छ ।

१५ नम्वर कित्ताबाट पनि सरकारी जग्गा उनले हडपेका थिए । न्यौपानेले अघिल्लो समाचारपछि एक चरणमा थोरै मात्र सरकारी जग्गा छाडेर नयाँ कम्पाउण्ड बनाएका थिए । त्यसपछिको हाम्रो थप फलोअप समाचारका कारण वडा, पालिका, मालपोत, नापी हुँदै उनीसम्म दबाब पुगेको थियो । जुन दबाबले काम गरेको देखिन्थ्यो आइतवार ,हामी उनको घरमा पुग्दा, धमाधम ३ महिनाअघि भत्काएर नयाँ बनाइएको वाल सहित घरको एक भाग आफैंले भत्काउन लगाएका रहेछन् । श्रमिकहरु काम गरिरहेका थिए, वाल भत्काएपछि निस्केका सामग्री छरिएका थिए ।

  • याे पनि…

सरकारी जग्गामा बनेको सीईओ न्यौपानेको घर हटाउँदै स्थानीय सरकार, जिल्ला प्रशासनले सहयोग गर्ने

स्थानीय एक बृद्धका अनुसार न्यौपानेले आफ्ना ससुराका बलमा सरकारी पर्ति जग्गा अतिक्रमण गरेका थिए । उनका अनुसार न्यौपानेका ससुरा मालपोतकै वरिष्ठ कर्मचारी थिए । मालपोतकै कर्मचारी भएका कारण न्यौपानेलाई सरकारी जग्गा पहिल्याउन र हत्याउन सहज भएको हो । न्यौपानेको घरभित्र पर्ने ३ आना जग्गा थप छुटाउन सकिए करिव १९ आना बराबर सरकारी जग्गा साबिकको अवस्थामा ल्याउन सकिने बूढानिलकण्ठ नगरपालिका २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ बताउँछन् ।

  • याे पनि…

सरकारी जग्गामा एनआईसी एशियाका सीईओ न्यौपानेको आलिसान महल, राज्य मुकदर्शक (भिडियो)

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १६:२०   :  बजे

33.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।