Logo

कोशी प्रदेश

कोरोनाबाट बीपी प्रतिष्ठानकी महिला कर्मचारीको मृत्यु



कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ वर्षीया महिलाको मृत्यु भएको छ ।सुनसरीको प्रतिष्ठानमा कार्यरत महिला कर्मचारीको मृत्यु भएको हो ।

प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उच्च रक्तचापको पनि समस्या थियो ।

उनलाई गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको र यही कात्तिक ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ०७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।