Logo

टिप्पणी

‘आदिपुरुष’का लेखकले फेरि फैल्याए झुटः भने, ‘नेपाल भारतको एउटा अंश थियो, सन् १९०४ मा अलग भएको हो’



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र नेपाल सेन्सर बोर्डले भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘सीता भारतीय छोरी हुन’ भन्ने विषय जोडेर फिल्म बनाएको भन्दै बिरोध गरेपछि फिल्मले उक्त सम्बाद हटाएको थियो ।

तर काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भने उक्त विषयबस्तु सच्याउनुपर्ने अन्यथा नेपालमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका थिए । काठमाडौं महानगरपालिकाका मेयर शाहले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश मूल भागबाट नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने व्यवस्था मिलाउन सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई पत्राचार गरिसकेका छन् ।

तर भारतमा आदिपुरुषका लेखक मनोज मुन्तासिरले अर्को विवादित विषय बोलेर थप विवाद खडा गरेका छन् । उनले १९०३ वा १९०४ बाट नेपाल भारतबाट अलग भएको र त्योभन्दा अघि नेपाल भारतकै अंश रहेको गलत धारणा एक टेलिभिजन शो मा दिएका छन् । टेलिभिजनकी कार्यक्रम सञ्चालकले नेपालमा आदिपुरुष फिल्मको विषयमा विवाद बढेको छ नि भन्ने आशयको प्रश्न सोध्दा जवाफमा मुन्तासिरले भनेका छन्, ‘…..सीता रामको बेला नेपाल कहाँ भारतभन्दा फरक थियो र ? १९०३ वा १९०४ मा नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल। त्यसकारण सीता भारतकै छोरी थिइन ।’

यस विषयलाई लिएर नेपालीहरुले सामाजिक सञ्जालमा कडा प्रतिवाद गरेका छन् । नेपाल आफैँमा कहिल्यै अरुको देश नभएको बताइन्छ । एक स्वधिन राष्ट्र नेपाल पहिलादेखि अहिलेसम्म रहिरहेको बताइन्छ । भारतमा बरु ब्रिटिश अंग्रेजहरुले कब्जा गरेर शासन गरेको इतिहास भए पनि नेपालको त्यस्तो इतिहास रहेको छैन । मुन्तासिरले त्यसकारण नेपालीको भावामा ठेस लाग्ने गरी टेलिभिजनमा फेरि झुटफैल्याएका छन् । उनल नेपालको इतिहासमा मजाक गरेको भन्दै कडा आलोचना भइरहेको छ । यस विषयमा विभिन्न राजनीतिक दलका सदस्यहरुले पनि विरोध जनाएका छन् । आदिपुरुष फिल्म सीताको विषयको विवादित अंश हटाएर नेपालमा पनि चल्न अनुमति दिइसकिएको छ ।

लेखक मनोज मुन्तासिरले फेसबुकमा एक स्टाटस लेख्दै विवादित अंशहरुलाई परिमार्जन गरी आउँदो साता उक्त फिल्ममा समावेश गरिने बताएका छन् । उनले फिल्म प्रोड्युसरसँगको सहमतिमा फिल्ममा परिवर्तन गरिने जानकरी गराएका हुन् । उनले विवाद बढ्दा सनातन धर्ममा नै प्रहर हुने समेत बताएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १३:५६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।