Logo

प्रमुख समाचार

सचिवालयका एजेन्डा तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए ।

केन्द्रीय कार्यालय बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ ।

एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । एमाले केन्द्रीय कार्यालयअन्तर्गत महासचिवका साथै उपमहासचिव र सचिवहरू रहेका छन् ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार ११:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।