काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी गरिएको छ । पार्टी केन्द्रीय कार्यालयले आज (मंगलबार) दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने तयारी भइरहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार तयारी थालिएको पौडेलले बताए ।
एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति देउवाले लाइभ गर्ने प्रस्ताव गरेका थिए ।




















प्रतिक्रिया