Logo

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ‘लाइभ’ गर्ने तयारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी गरिएको छ । पार्टी केन्द्रीय कार्यालयले आज (मंगलबार) दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने तयारी भइरहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार तयारी थालिएको पौडेलले बताए ।

एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति देउवाले लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १०:३०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।