Logo

प्रमुख समाचार

ओली कम्बोडिया प्रस्थान, २ जनालाई अध्यक्षको जिम्मेवारी



काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएका छन्।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन्।

गएराति कम्बोडिया गएका ओली साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ।

अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया गएको हो।

अध्यक्ष ओलीको अनुपस्थितीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपधाध्यक्ष सुवास नेम्बाङले संयुक्त रुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ०८:३०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।