काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्थापित भएका नयाँ दलका कारण कांग्रेस ओझेलमा पर्न सक्नेतर्फ ध्यानाकर्षण गराएका छन् । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति बानियाँल जनतामा पुराना पार्टीप्रति कनि वितृष्णा लाग्यो त्यसको कारण खोजी गर्नुपर्ने धारणा राखे ।
‘पछिललो सयमा नयाँ पार्टीको उदय भयो । यसको कारण खोज गर्ने कि नगर्ने ? गणतन्त्र र सघीयताभित्र, जनताले खोजेको व्यवस्थाभित्र पनि केही सुधार गर्नुपर्ने हो कि ? निर्वाचन प्रणाली कै कारण मुलुक अस्थितरता बढेको हो कि ? देशका लागि, जताको लागि व्यवस्था परिर्वतनका लागि कांग्रेसले हरेक पटक नेतृत्व गरेको छ’, उनले बैठकमा भने, ‘अहिले व्यवस्था परिर्वतन भएपनि जनताको अवस्था परिवर्तन नभएर निराशा छाएको छ ।’
बागमती सभापति बानियाँले भ्रष्टाचार र बेथितिविरुद्धको मुद्दा उठाएर नयाँ दल स्थापित भएका भन्दै उनले सुशासनको सवालमा कांग्रेस पनि कठोर हुनुपर्ने बताए । ‘आज भ्रष्टाचार विरुद्धको मुद्दा उठाएर, बेथितिविरुद्धको मुद्दा उठाएर मुलुकमा नयाँ दल स्थापित भएका छन्’, उनले भने, ‘खास के कारण यी अवस्था सिर्जना भए ध्यान दिनुपर्छ । हामी भित्र कहाँ के कमजोरी भयो कहाँ तालमेल मिलेन ?’ उनले उत्कृष्ट भनिएको संविधान हुँदाहुँदै पनि जनतामा निराशा छाउनुको कारण खोज्नुपर्ने बताए ।




















प्रतिक्रिया