Logo

प्रमुख समाचार

कांग्रेसमा अनुशासनहीनलाई उचित कारबाही हुन सकेन : कर्णाली सभापति शाही



काठमाडौं । नेपाली कांग्रेसका कर्णाली सभापति ललितजंग शाहीले पार्टीमा अनुशासनहीनलाई उचित कारबाही हुन नसकेको बताएका छन् । गोपालमान श्रेष्ठ नेतृत्वको निर्वाचन परिचालन समितिले पनि सोही ठहर गरेको भन्दै उनले अनुसासन समिति नै मनपरी ढंगले चलेको आरोप लगाए ।

बुधबारको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शाहीले अनुसाशन समितिका संयोजक आनन्दप्रसाद ढूंगानाले नै विधान विपरी काम गरेको आरोप लगाए । उनले बैठकमा भने, ‘म अनुशासन समितिका संयोजक आन्दप्रसाद ढुंगालनाई सम्मानपूर्व भन्छु– विधानले स्वतः निष्काशन गरेको व्यक्तिलाई एक्लैले कसरी कारबाही फुकुवा गर्नुभयो ?’

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १७:४९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।