Logo

प्रमुख समाचार

कुशवाहासहित ५ जनालाई जनमतले गर्‍यो कारबाही



काठमाडौं । जनमत पार्टीले सांसदमा उम्मेदवार शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा उपनिर्वाचनमा उपेन्द्र यादवविरुद्ध लडेका शिवचन्द्र कुशवाह पनि रहेका छन् । कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

संसदीय निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार समेत रहेका कुशवाह उपनिर्वाचनकाे मुखमा जनमत पार्टी प्रवेश गरेका थिए ।

बुधबार बसेको पार्टी अनुशासन समितिले शिव चन्द्र कुशवाहा (बारा), गुलाब मण्डल (सप्तरी), शंकर खड्का (सप्तरी), भोपेन्द्र यादव (रूपन्देही), भगवान दास यादव (कपिलवस्तुलाई) साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।

पार्टी उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहका अनुसार केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। गुलाब मण्डल, शंकर खड्का र भगवान दास यादवलाई एक वर्षका लागि निलम्बन गरिएको जनमत पार्टीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

अनुशासन समितिका प्रमुख साहले पार्टीको विधान, नियम, नीति तथा निर्देश विपरीत जाने छुट कसैलाई नरहेको बताए । छानबिन समितिले दिएको प्रतिवेदन र गरेको सिफारिसका आधारमा उनीहरूलाई कारबाही गरिएको उनले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १०:४५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।