Logo

प्रमुख समाचार

बालकृष्ण खाणको विषयमा नेतृत्वको दुविधा अचम्मको देखियो : अजयबाबु शिवाकोटी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीका नेता बालकृष्ण खाणको विषयमा नेतृत्वको दुविधा अचम्मको देखिएको बताएका छन् । केन्द्रीय समितिको बिहीबारको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाण प्ररकणमा दुविधा अचम्मको देखिएको छ’, नेता शिवाकोटीले भने, ‘यो प्रकरणमा खाणप्रति अन्याय भएको हो भने सरकारबाट हट्नुपर्यो । होइन भने आफै संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

उनले यसमा कि थुनामा जाने दोषी वा थुनामा पठाउने दोषी रहेको भन्दै यसबारे पार्टी नेतृत्व प्रष्ट हुनुपर्ने बताए । थुनामा रहेका र बारिहबाट हेररहेको दुवैलाई भ्रममा राख्न नहुने भन्दै शिवाकोटीले सरकार र साथी के रोज्ने हो टुंगो लगानुपर्ने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १२:१४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।