Logo

प्रमुख समाचार

सभामुख प्रदेशसभा सदस्य पनि हुन्, सरकार गठनमा समर्थन मान्य हुन्छ : मुख्यमन्त्री थापा



काठमाडौं । कोशीका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले अदालते आफू नेतृत्वको कोशी सरकारलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै उनले सरकार गठनमा सभामुखको सथर्मन पनि मान्य हुने तर्क गरे ।

‘सभामुखलाई विवादमा तानिएको छ । सभामखु प्रदेशसभा सदस्य पनि हो । सभामुखको पनि भूमिका हुन्छ । बैठकको अध्यक्षता गरेको बेला मतादन गरेको भए गल्ती हुन सक्थयो । तर बैठक चलेको थिएन । बैठकको अध्यक्षता गरिरहेको अवस्था थिएन । यस्तोमा सथर्मन गर्न पाउँछ’, थापाले भने, ‘यसमा अदालतमा मुद्दा छ । अदालतले न्याय दिन्छ भन्ने मलाई लाग्छ ।’

कोशी सरकारविरुद्ध कोशी एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा दायर गरेका मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै दिर्घकालीन असर पर्ने काम नगर्न आदेश दिएको थियो । कोशी सरकारले बुधबार अदालतमा जवाफ पेश गरेको छ । अब ७ गते सुनुवाइ हुने छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १२:३१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।