काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध धार्मिक आलोचना बढेको छ ।
धार्मिक समुदायलाई उचालेर द्वन्द्व निम्त्याउन खोजेको भन्दै उनीविरुद्ध सामाजिक सञ्जालमा तीब्र आलोचना बढेको हो । मेयर साम्पाङले पहिला पहिला हिन्दु धर्मविरुद्धका गतिविधि गरेको र सामाजिक सञ्जालमा हिन्दु धर्मको कुप्रचार गरेको आरोप छ । उनका पुराना फेसबुक स्टाटस धार्मिक सहिष्णुता विरुद्ध भएको आरोप लागेको छ।
मेयर हर्क साङपाङलाई हिन्दु बिरोधी गतिविधि गरेको र ‘क्रिष्टेनिटी’ बढाएको आरोप लागेको छ । उनले पछिल्लो समय धर्मसँग सम्बन्धित पोष्टहरु निरन्तर गरेको र धार्मिक साम्प्रदायिक युद्ध निम्याउन खोजेको आरोप पनि छ। केहीले भने उनको पक्षमा पनि बहस गरेका छन् । सामाजिक सञ्जालमा चर्चित मेयर हर्क साङपाङले धर्मको विषयमा नबोलिदिए हुने थियो भन्ने मत पनि उनका स्टाटसमा झल्किन्छ ।

मेयर हर्क काम गर्ने जनताको प्रतिनिधि भएको भन्दै उनका समर्थक नेपालमा धेरै बढेका थिए । उनलाई आइडल मान्नेहरु अहिले आलोचनामा उत्रिएका छन् । पछिल्लो समय धरानमा उनले आफैँ श्रममा गएर पानी खुवाउने, बोटबिरुवाहरु रोप्ने गरेर चर्चा बटुलेका थिए । धर्म सम्बन्धीको विवाद निम्त्याए पछि उनका समर्थक नै उनीविरुद्ध बोल्न थालेका हुन ।
नेपाल धार्मिक निरपेक्ष राष्ट्र भए पनि कसैले प्रभावमा पारेर प्रचार गरेर धर्म परिवर्तन गर्न नपाइने व्यवस्था छ । त्यस्तै आफूलाई इच्छा लागेको धर्म स्वतन्त्र रुपमा पालना गर्न पनि पाइने व्यवस्था रहेको छ । धर्मको विषयमा विवाद गर्न नहुने धेरैले हर्क साङपाङलाई सुझाव दिएका छन् ।




















प्रतिक्रिया