Logo

प्रमुख समाचार

कांग्रेस बैठक : आइतबार सहमहामन्त्री र केन्द्रीय सदस्यहरू गरी २५ जनाले राखे धारणा



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज (आइतबार) २५ जनाले धारणा राखेका छन् । गएको मंगलबारदेखि सुरु भएको बैठकको पाँचौं दिन आइतबार सहमहामन्त्री र केन्द्रीय सदस्यहरु गरी २५ जनाले बोलेका हुन् ।

आइतबारको बैठकमा सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले धारणा राखे ।

यस्तै केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, चित्रलेखा यादव, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, एन.पी. साउँद, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, भीम पराजुली र धना खतिवडाले बाले ।

बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण पेश गरेका थिए । कांग्रेसका मुख्यसचिव कृष्णप्रसा पौडेका अनुसार धारणा राख्ने क्रम जारी छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो ३ः०० बजे पुनः बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।