Logo

धर्म / संस्कृति

चर्चित अध्यात्म गुरू बागेश्वरधाम सरकारले शाश्वत धाममा हनुमन्त कथा वाचन गर्ने



काठमाडौं । भारत मध्य प्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका सस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार)ले नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन् । बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र अध्यात्मिक गुरूका रुपमा परिचित छन् । उनले भदौ २ देखि ४ गतेसम्म शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका हुन् ।

चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाम नेपालका अतिरिक्त भारतीय हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र बनेको छ । बागेश्वरधाम सरकारले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश दिँदै पुण्यभूमि नेपालस्थित सनातनधर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकसित शाश्वतधाममा हनुमन्तक थाप्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातनधर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरेका छन् ।

चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रवन्धनिर्देशक बरुण चौधरीको विशेष निमन्त्रणामा बागेश्वर धाम सरकारको शाश्वतधाम कथा वाचनयात्रा तय भएको हो । हिन्दूहरूको तीर्थस्थल एवं शिक्षाको केन्द्रको रुपमा भारतको मध्य प्रदेशमा बागेश्वरधामको स्थापना गर्ने सरकार प्रख्यात लेखक समेत हुन । उनले हिन्दू दर्शन र आध्यात्मिकता सम्वन्धी धेरै पुस्तकहरू लेलेखका छन् । साथै, सनातन धर्म प्रवर्धनका लागि आयोजना गरिने धार्मिक सम्मेलन र कार्यक्रममा सरकार नियमित कथा वाचक एवं धार्मिक वक्ताका रुपमा सहभागी हुँदै आएका छन् । उनी आफ्नो सरल र प्रत्यक्ष संचार शैलीका लागि भक्तजनहरूका बिच लोकप्रिय छन् ।

विश्वभर लाखाँै अनुयायीहरु रहेका तथा नेपालमा पनि विशेष गरी युवाहरुकामाझ लोकप्रिय बागेश्वर धाम सरकार शाश्वतधाममा कथा वाचनका लागि प्रस्थान गर्नुअघि भदौ १ गते काठमाडौंमा आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । सोहीदिन सन्ध्यामा उनी पशुपतिनाथको आरतिमा आफ्ना अनुयायीहरुका साथ सहभागि भई मन्तव्य दिने कार्यक्रम पनि रहेको छ । तत्पश्चातका तीनदिन भदौ २, ३ र ४ गते नवलपुरस्थित शाश्वतधाममा आयोजना हुने हनुमन्त कथा प्रवचनमा उनलाई श्रवण गर्न सकिने छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १३:४७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।