Logo

अर्थ

एनएमबि–कपअन अन्तर स्कुल यु–१४ फुटबल प्रतियोगिता हुने



काठमाडौं । एनएमबि–कपअन अन्तर स्कुल यु–१४ फुटबल प्रतियोगिता हुने भएको छ । यसै महिनाको २४ गतेदेखि २६ गतेसम्म हुने खेलहरू बुढालनिलकण्ठ नगरपालिका– १० स्थित कपनमा रहेको कपअन स्पोर्ट्स सेन्टरमा हुने छन् ।

इन्डोर फुटबल ग्राउन्डमा तीन दिन सञ्चालन हुने यु–१४ फुटबल प्रतियोगिताको लागि आयोजक कपअन स्पेर्ट्स सेन्टरले बुधबार एनएमबि बैंकसँग प्रायोजक सम्झौता गरेको छ ।

सम्झौता–पत्रमा कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर (बद्री) भट्टराई र एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् ।

कपअन स्पोर्ट्स सेन्टरले आफ्नै इन्डोर फुटबल ग्राउन्ड (बालुवाखानी, कपन) सहित राजधानीका विभिन्न स्थानमा युवा खेलाडी उत्पादनका लािग काठमाडौं किकर्स फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ ।

कपनअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने, ‘ग्रासरुट फुटबलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा साथ दिनुभएकोमा देशकै अग्रणि वित्तिय संस्था एनएमबि बैंकलाई धेरै–धेरै धन्यवाद । हाम्रो सहकार्यले सानै भएपनि नेपाली फुटबलमा खेलाडी उत्पादनको लागि सहयोग पुग्ने विश्वास गरेका छौं ।’ उनी अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव पनि हुन् ।

आयोजक कपअन स्पोर्ट्स सेन्टरले प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालयका छात्रको टिम एनएमबि–कपअन अन्तर स्कुल यु–१४ फुटबल प्रतियोगितामा सहभागि हुने जानकारी गराएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार २०:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।