काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लागेको आरोपको खण्डन कामबाट गर्ने बताएका छन् । उनको नियुक्ति चौतर्फी विवादमा परेपछि सोमबार पत्रकार सम्मेलन गर्दै लामाले हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत आफूलाई अभियुक्त बनाउनेहरुसँग विगतमा कानुनी लडाइँ लडेर आएको दाबी गरे ।
‘कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला । तर, मेरो लागि गहन जिम्मेवारी हो’, उनले भने, ‘मेरो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाप्रति मलाइ केही पनि भन्नु छैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै निर्देशनमा माओवादी केन्द्रीय सदस्यसमेत रहेका विवादित छविका लामालाई सरकारले ५ वर्षे कार्यकालका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ।





















प्रतिक्रिया