Logo

धर्म / संस्कृति

मेरो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाप्रति मलाइ केही भन्नु छैन– ल्हारक्याल लामा



काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लागेको आरोपको खण्डन कामबाट गर्ने बताएका छन् । उनको नियुक्ति चौतर्फी विवादमा परेपछि सोमबार पत्रकार सम्मेलन गर्दै लामाले हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत आफूलाई अभियुक्त बनाउनेहरुसँग विगतमा कानुनी लडाइँ लडेर आएको दाबी गरे ।

‘कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला । तर, मेरो लागि गहन जिम्मेवारी हो’, उनले भने, ‘मेरो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाप्रति मलाइ केही पनि भन्नु छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै निर्देशनमा माओवादी केन्द्रीय सदस्यसमेत रहेका विवादित छविका लामालाई सरकारले ५ वर्षे कार्यकालका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १९:५६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।