Logo

विचार / ब्लग

अरुजस्तो त अरुनै बनिसके : तिमी–तिमी जस्तो बन !



मानिसको जन्म जीवनमा केहि न केहि गर्नकै लागी हुने गर्दछ । बिना कुनै काम मानिसको जीवन व्यर्थ हुने गर्छ । अहिलेको समयमा हरेक व्यक्तिलाई आफ्नो करियरलाइ लिएर एकदमै बढी चिन्ता हुने गर्दछ । जमाना यति धेरै फास्ट भईसकेको छ कि सानोतिनो काममा अल्झेर बस्यो भने कहिल्यै पनि अघि बढ्न सकिदैन । समयले कसैलाई पनि पर्खदैन, त्यसैले सबैले समय संगै चल्ने वातावरण मिलाउनु एकदमै जरुरि हुन्छ । समयले कसैलाई पनि बारम्बार मौका दिदैन । भाग्यले मात्र कसै कसैले मौका पाउने गर्दछ । त्यसैले जे निर्णय लिनु हुन्छ र जीवनमा जे काम गर्न खोज्नुहुदैछ, त्यसको लागी एकदमै सोचेर र विचार गरेर मात्र गर्नुहोला ।

करियरमा जो कोहीलाई सफल हुनु छ । धेरैलाई सफल हुनु पनि छ र काम पनि गर्न मन लाग्दैन । आज हामी ति व्यक्तिहरुका लागी यो लेख तयार पार्दैछौ, जसलाई साच्चै आफ्नो करियरलाइ लिएर चिन्ता छ । सफल हुनका लागी समय पर्खेर नबस्नुहोस । किनकि तपाईको लागी आजनै सहि समय हो र अहिले बाटनै सुरुवात गरिहाल्नुहोस । कुरा कसैको पनि नासुन्नुहोस । तपाइको बारेमा वा तपाईको कामको बारेमा कसैले कुरा गर्छ भने त्यसलाई बेवास्ता गर्नुहोस ।

आफ्नो कामलाई यति धेरै माया गर्नुहोस कि तपाईलाई त्यो कामबाट हट्नै मन नलागोस । आफ्नो कामलाई अझै बढी उत्कृष्ट बनाउन चाहनुहुन्छ हुन्छ भने आफ्नो काम सम्बन्धि बिभिन्न व्यक्तिहरु संग सल्लाह लिने गर्नुहोस । आफ्नो काम सम्बन्धि व्यक्तिहरु संग लिंक राख्नुहोस । र, सबैभन्दा महत्वपूर्ण कुरा, सधै सकारात्मक सोच्नुहोस र सकारात्मक बन्नुहोस । सबैको राम्रोको बारेमा सोच्नुहोस । सफल हुनका लागी र करियरको लागि यस्ता कुराहरुको एकदमै महत्वपूर्ण भूमिका रहने गर्दछ ।

कहिले काही मानिसरुलाई सहि करियर रोज्नका लागि एकदमै दुबिधा हुने गर्दछ । एउटा करियर रोज्दा, त्यस पछी आउने बाधाहरुले उनीहरुलाई अलमल्ल बनाइदिने गर्छन् । यस्तै कुराहरुलाई मध्यनजर गर्दै आज हामीले करियर सम्बन्धि केहि प्रेरक भनाईहरु लिएर आएका छौ । यदि तपाई आफ्नो करियरलाइ सफल बनाउन चाहनुहुन्छ भने यी भनाईहरु तपाइको लागि हो ।

आउनुहोस जानौ यी प्रेरक भनाईहरु :

१. आज तिमीले जे काम गर्दैछौ, त्यसले नै तिम्रो भविष्य निर्धारण गर्दछ । त्यसैले तिमि जुन काम गर्दैछौ त्यो कामलाई मन बाट गर्ने गर ।

२. यदि तिमि अरु जस्तो बन्न चाहन्छौ भने तिमीले तिम्रो अवमुल्यन गर्दैछौ । अरु जस्तो होइन, तिमि आफु जस्तो बन । किनकि भगवानले सबैलाई आ-आफ्नै अस्तित्व दिएर धर्तीमा पठाएका हुन् ।

३. तिमि अगाडी बढ्नको लागि तिमीले आफ्नो कामलाई माया गर्नुपर्छ । यदि आफ्नो कामलाई माया गर्न सकिरहेको छैनौ भने त्यो काम तिम्रो लागि उचित छैन । त्यसैले जुन कामलाई माया गर्छु त्यो कामलाई मात्र स्थायी रुपमा गर्ने गर ।

४. यदि तिमीलाई कुनै काम गर्न डर लागिरहेको छ भने त्यो काम तिम्रो लागि एकदमै उचित छ । किनकि बिभिन्न बाधा अड्चन पार गरेर पाएको सफलता मात्र दिगो हुने गर्दछ । सजिलै पाएको सफलता त मात्र केहि क्षणको लागि मात्र हो ।

५. यदि तिमि सफलता चाहन्छौ भने मानिसहरुको अनुमति पर्खेर बस्ने नगर । किनकि मानिसहरु तिमीलाई सफलताको सिंढी चढाउन होइन लडाउन चाहन्छन् । यहाँ जो सफल हुन्छ उसको सत्रु पनि हुन्छ, त्यसैले आफ्नो दममा काम गर ।

६. यदि तिमी आफ्नो सपनाको सुन्दरतामा बिश्वास राख्छौ भने याद राख भविष्य तिम्रो हातमा छ । काममा मन छ र तिमी रमाइरहेको छौ भने त्यो काम बाट पछी कहिल्यै नहट्नु, किनकि सफलता एकदिनमा मिल्दैन तर एकदिन अवश्य मिल्छ ।

७. तिमी कुन काम गर्दैछौ । त्यो काम सम्बन्धि तिमीलाई सम्पूर्ण जानकारी हुन एकदमै आवश्यक छ । यदि तिमीलाई आफुले गर्ने काम सम्बन्धि कुनै जानकारी नै छैन भने तिमी पछी गएर कतै न कतै रोकिनै हाल्छौ । त्यसैले काम सुरु गर्नु भन्दा पहिले त्यो कम सम्बन्धि सम्पूर्ण जानकारी जान्नुपर्दछ ।

८. तिमीले करियरलाई सफल बनाउने भनेर ठानीसकेको छौ भने अब तिमीले तिम्रो मन भित्रको डरलाई कतै टाढा लगेर मिल्काउनुपर्छ । त्यो डरले तिमीलाई पछाडी बाट घच्घच्याउने गर्दछ । त्यसैले त्यस डरलाई पछाडी बाट तान्ने अनुमति नदिनको लागी तिमीले त्यो डरलाई हटाउन एकदम जरुरी छ ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार